बैंकिङ परीक्षा प्रश्न – सेट १
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
बैंकिङ परीक्षा प्रश्न – सेट १ - उत्तरसहित नमुना प्रश्न
-
1. कुल राष्ट्रिय उत्पादन (GNP) बाट पूँजीगत ह्रास (Depreciation) घटाउँदा के प्राप्त हुन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: NNP
कुल राष्ट्रिय उत्पादन (GNP) बाट मूल्यह्रास (Depreciation/CCA) घटाउँदा खुद राष्ट्रिय उत्पादन (NNP) प्राप्त हुन्छ।
-
2. नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति कसले गर्दछ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल सरकार (मन्त्रिपरिषद्)
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको नियुक्ति गर्दछ।
-
3. बढी ब्याज कमाउने उद्देश्यले एक देशबाट अर्को देशमा छिटो-छिटो स्थानान्तरण हुने मुद्रालाई के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: हट मनी (Hot Money)
बढी ब्याज कमाउने उद्देश्यले छिटो स्थानान्तरण हुने मुद्रालाई 'Hot Money' भनिन्छ।
-
4. नेपालमा सर्वप्रथम स्थापना भएको ग्रामीण विकास बैंक कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वाञ्चल ग्रामीण विकास बैंक
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा ग्रामीण विपन्न वर्गलाई लक्षित गरी वि.सं. २०४९ मा पहिलो पटक पूर्वाञ्चल ग्रामीण विकास बैंक स्थापना गरिएको थियो।
-
5. नेपालमा सर्वप्रथम ATM कार्ड सेवा सुरु गर्ने बैंक कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर: एभरेष्ट बैंक
एभरेष्ट बैंक नेपालमा ATM कार्डहरू सुरु गर्ने पहिलो बैंक थियो।
-
6. राष्ट्रिय वाणिज्य बैंकले सुन चाँदी कर्जामा लगानी गर्दा कति प्रतिशत मार्जिन राख्ने व्यवस्था गरेको छ?
उत्तर हेर्नुहोस्
उत्तर: ३०%
राष्ट्रिय वाणिज्य बैंकमा सुन चाँदी कर्जामा लगानी गर्दा ३०% मार्जिन राख्ने व्यवस्था छ।
-
7. नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा कहिले लालमोहर लागेको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: वि.सं. २०५८ माघ १७
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा तत्कालीन राजाबाट वि.सं. २०५८ साल माघ १७ गते लालमोहर लागेर जारी भएको थियो।
-
8. वि.सं. २०१३ बैशाख १४ गते नेपालमा कुन केन्द्रीय वित्तीय संस्थाको स्थापना भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल राष्ट्र बैंक
नेपालको केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ बैशाख १४ गते भएको हो।
-
9. नेपाल राष्ट्र बैंकको स्थापना कुन कानुनी व्यवस्था अन्तर्गत भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल राष्ट्र बैंक ऐन, २०१२
नेपाल राष्ट्र बैंकको स्थापना नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत वि.सं. २०१३ मा भएको थियो।
-
10. नेपालमा बैंकनोट निष्कासन गर्दा नोटमा रहने अप्रत्यक्ष (नदेखिने) चित्र, आन्तरिक सुरक्षाका उपाय तथा छपाइ सामग्री सम्बन्धी निर्णय कसले गर्दछ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल राष्ट्र बैंकको सञ्चालक समिति
नेपाल राष्ट्र बैंक ऐन अनुसार बैंकनोट निष्कासन गर्दा नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था र छपाइ गर्ने वस्तुको निर्णय नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले गर्दछ।
-
11. नेपालमा कुन गभर्नरको कार्यकालदेखि कागजी मुद्रामा 'मोरू' (मोहर रूपैयाँ) को सट्टा 'रूपैयाँ' लेख्न थालियो?
उत्तर हेर्नुहोस्
उत्तर: हिमालय शमशेर जबरा
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको पालादेखि मोरूको सट्टा रूपैयाँ प्रचलनमा ल्याइएको थियो।
-
12. कुनै दरको बैंक नोटलाई तोकिएको स्थान बाहेक अन्यत्र नचल्ने घोषणा गर्नुपूर्व नेपाल सरकारले कसको राय लिनुपर्ने कानुनी व्यवस्था छ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल राष्ट्र बैंकको सञ्चालक समिति
नेपाल राष्ट्र बैंक ऐन बमोजिम कुनै दरको बैंक नोटलाई तोकिएको ठाउँ बाहेक अन्यत्र नचल्ने गराउन नेपाल सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको राय लिनु पर्दछ।
-
13. नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू गम्भीर तरलता संकटमा पर्दा 'अन्तिम ऋणदाता' (Lender of the Last Resort) का रूपमा कसले सहयोग गर्दछ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल राष्ट्र बैंक
नेपालको वित्तीय प्रणालीमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको अन्तिम ऋणदाताको रूपमा नेपाल राष्ट्र बैंकले कार्य गर्दछ।
-
14. नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सञ्चालन गर्न आवश्यक गणपूरक सङ्ख्या (कोरम) कति प्रतिशत हुनुपर्दछ?
उत्तर हेर्नुहोस्
उत्तर: कम्तिमा ५१ प्रतिशत
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्न कम्तिमा ५१ प्रतिशत सञ्चालक उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ।
-
15. बैंक तथा वित्तीय संस्थामा गैर-कार्यकारी सञ्चालकको संयोजकत्वमा कति सदस्यीय लेखापरीक्षण समिति (Audit Committee) गठन गर्नुपर्ने व्यवस्था छ?
उत्तर हेर्नुहोस्
उत्तर: ३ सदस्यीय
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार गैर-कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था छ।
यो अध्यायमा 49 प्रश्न छन्। सबै प्रश्न समय, उत्तर र व्याख्यासहित अभ्यास गर्नुहोस्।