ऐकिक नियम, समय र काम
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
२० जना मानिसले कुनै काम २४ दिनमा गर्न सक्छन्। यदि ६ दिनपछि केही मानिस थपेर काम २१ दिनमै सकियो भने थपिएका मानिसहरूको संख्या कति हो?
A, B र C ले कुनै काम क्रमशः २, ३ र ४ दिनमा गर्न सक्छन्। यदि उनीहरूलाई कुल पारिश्रमिक रु. ६५०० दिइयो भने C को हिस्सा कति हुन्छ?
A, B र C ले कुनै काम क्रमशः ३६, ५४ र ७२ दिनमा पूरा गर्न सक्छन्। यदि तीनै जनाले सँगै काम सुरु गरी A ले काम पूरा हुनुभन्दा ८ दिन अगाडि र B ले १२ दिन अगाडि काम छोडेर C ले मात्र अन्त्यसम्म काम गरेमा उक्त काम कति दिनमा पूरा हुन्छ?
A ले एउटा काम २५ दिनमा र B ले २० दिनमा सक्छन् भने, दुवैले ५ दिन सँगै काम गरेपछि A ले काम छोड्दा B ले बाँकी काम कति दिनमा सक्छ?
A, B र C ले कुनै काम क्रमशः ३०, ४० र ६० दिनमा पूरा गर्न सक्छन्। तीनजनाले सँगै काम सुरु गरी १० दिनपछि B ले र त्यसको ४ दिनपछि A ले काम छोडेर बाँकी काम C ले पूरा गरेमा C ले जम्मा कति दिन काम गर्यो?